दफा ११
अध्यक्ष तथा सदस्यको अयोग्यता
 देहायका कुनै पनि व्यक्ति अध्यक्ष वा सदस्यमा नियुक्त हुन योग्य हुने छैनः– (क) राजनैतिक दलको पदाधिकारी, (ख) धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरु, (ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, (घ) बहुलाएको व्यक्ति, (ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।